Nov 12, 2016

Popular Treks in Nepal

Everest Base Camp Trek
Everest Base Camp Trek takes about 15 or 21 days depending on where you start your trek. if you start the trek from Jiri (you will need to take 10 hours bus ride from Kathmandu), the entire trek will take you 21 days and if you fly in to Lukla from Kathmandu (cost US dollar 126), the duration of the trek will be 15 days. The maximum elevation you can reach is 5545 meters- the Kala Pathhar. You can also reach the Everest Base Camp from Gorak Shep, which takes around 3 hours for one way. The best season fro trekking is October to December but there are plenty of trekkers in March to May and other seasons as well. April and May are popular for mountaineering expeditions to the Mount Everest and Choyu. You can arrange for tea house trekking in the Everest Base Camp Trek. You will find food and lodgings at the tea houses. If you prefer, you can also arrange for a organized trek. You can hire porters and guides from Lukla as per your needs. You need to pay rupees 1,000 (around US dollar 15) as the national park entry fee.
Helambu Trek
Helambu Trek starts from Sundarijal and ends at the same place. Or you could end the trek in Melamchi Pul Bazaar if you take an alternative route from Tarke Gyang. You need to ride on a bus or taxi to Sundarijal from Kathmandu which takes about half an hour. The route takes 8 days to complete. The maximum elevation of 3640 meters is reached during the trek. The best season to trek is from October to April although trekking is done in other seasons as well. There are a lot of tea houses accommodation along the route. The speciality of this trekking route is the rich cultural heritage and the hospitality of the Sherpa people who inhabit in the Helambu region.
Langtang Trek
Langtang Trek starts from Syaburbesi and ends here as well. It takes around 7 or 8 days to complete this trek. To reach Syabrubesi, you need to ride for 10 hours on a bus from Kathmandu. You can take an alternative trekking route from Dhunche, which comes before Syabrubesi on a bus ride from Kathmandu, via Gosainkunda and join the Helambu trek at Tharepati. This alternative trek takes five days to complete. Or you can simply take the trek to Gosainkunda from Dhunche, which takes around 4 days. The maximum elevation reached in the main Langtang trek is 3870 meters. The best season to trek in the Langtang region is October to May. There are a lot of teahouses along the route for accommodation. You need to pay rupees 1,000 (around US dollar 15) as the national park entry fee.
Jomsom Trek
Jomsom Trek starts from Naya Pul which takes around 2 hours on a bus from Pokhara. It takes 9 days to complete the trek and the maximum elevation of 3800 meters is during the trek. The best season to trek is October to May. After reaching Muktinath, you need to trek back to Jomsom where the trekking ends. From Jomsom, you can fly to Pokhara or simply trace back the route that you took while trekking to Jomsom. There are plenty of tea houses along the route for food and accommodation. You need to pay rupees 2,000 (around US dollar 25) as the entry fee to the Annapurna Conservation Area.
Annapurna Circuit Trek
Annapurna Circuit Trek starts from Besisahar in Lamjung. There are direct bus from Kathmandu (6 hours), Narayanghat and Pokhara (five hours). It takes around 16 to 18 days to complete the trekking in this route. The Thorung La pass at an elevation of 5416 meters is the highest point during the trekking. October to November is the best season for the trekking. The route is very inhospitable between mid December to mid March due to snow in the Thorung La pass. The trek ends in either Naya Pul, where the Jomsom trekking starts, or in Beni. Good precautions need to be taken doing this trek as bad weather during any time of the year can put the trekkers and porters at risk. There are tea houses along the route for food and accommodation. But during the peak season they are generally overcrowded. You need to pay rupees 2,000 (around US dollar 30) as the entry fee to the Annapurna Conservation Area.
Annapurna Sanctuary Trek
Annapurna Sanctuary Trek starts from Phedi which is one and half hours drive from Pokhara on the way to Baglung. You can also take an alternative route from Ghorepani in the Jomsom and Annapurna Circuit trek to Ghandruk in the Annapurna Sanctuary trek. It takes 10 to 14 days to complete the trekking and the maximum elevation of 4095 meters is reached during the trekking. The best season to travel is October to November. Annapurna Base Camp is the farthest that you can reach and you need to return the same route to Phedi where the trek ends. For food and accommodation, there are several tea houses along the route which operate during the season. There are risks of avalanches from Doban to Machhapurchhare Base Camp. We advise you to enquire about the trail conditions from ACAP office in Chhomrong. You need to pay rupees 2,000 (around US dollar 30) as the entry fee to the Annapurna Conservation Area.
Makalu Base Camp
Makalu Base Camp is 2 to 3 weeks trekking from Hile up the Arun Valley. You can reach Hile from Kathmandu on a bus in about 17 hours. You need to pay rupees 1000 (US dollar 15) as the entry fee to the Makalu Barun National Park. You need to arrange for food and accommodation for this route.
Kanchenjunga
Kanchenjunga is restricted to trekking by agency organized groups. You need to fly to Taplejung to start the trek or alternatively trek from Basantpur- three hours drive from Hile- to Taplejung. You will trek to either Pangpema or the South Base Camp and the Yalung Glacier. You will need two to four weeks to trek this route. You need to arrange for food an accommodation along the way. You will need a permit to trek (US dollar 10 per person per week) and another one time US dollar 15 to enter the Kanchenjunga Conservation Area.
Lower Dolpo
Lower Dolpo can be accessed from the airstrip in Jufal, Dolpa district. You need to fly from Nepalgunj to Jufal. The trekking takes from the airstrip to Shey Phoksundo Lake and from there return to the airport again. From the airstrip, you fly back to Nepalgunj. There is a permit fee of US dollar 10 per person per week for trekking in the Lower Dolpo. Besides there is one time entry fee of rupees 1,000 (US dollar 15) into the Shey Phoksundo National Park. You need to arrange for the food and accommodation. It takes around two weeks to complete the trek.
Upper Dolpo
Upper Dolpo is the trekking from Jumla to Jomsom or vice-versa. You can fly to Jumla from Nepalgunj or to Jomsom from Pokhara. You can start the trek from Jumla and trek to Jomsom or vice-versa. After completing the trek you will fly out of Jomsom to Pokhara or take the reverse of Jomsom trek route. You will pass the Shey Phoksundo lake and cross several passes while trekking in this route. This is restricted area and only agency organized groups are permitted. The fee for permit is US dollar 500 per person for the first 10 days and US dollar 50 per person per day for additional days.
Author: Bijaya Shiwakoti 

Apr 23, 2016

चौधरीका तीन सपना


विनोद चौधरीका तीन सपना
चिनियाँ दुर्गम गाउँको त्यो बालक
चीनको दक्षिणपूर्वी दुर्गम गाउँ हाङझोउमा एउटा गरिब परिवार थियो । उनीहरू गीत गाउँदै, कथा सुनाउँदै आफ्नो जीविकोपार्जन गर्थे ।
त्यो परिवारमा सन् १९६४ अक्टोबर १५ तारिखमा एक बालकको जन्म भयो । गाउँको धुलोमैलोको साधारण वातावरणमा बालक हुर्किंदै थियो । तर, उसको स्वभाव उपद्रिया निस्कियो । घरबाट निस्कियो कि कति जनासँग मारमुङ्ग्री गरेर फर्किने हो थाहा छैन † सद्दे सर्टका सबै बटन लगाएर घरबाट पठाएको बच्चा जहिल्यै भुँडी देखाउँदै घर फर्किन्थ्यो । साथीहरूसँग जुद्धा कुनै दिन यस्तो रहेन, सर्टका बटन बाँकी रहून् †
त्यो बालकले हातमा इँटा समाएर साथीहरूलाई हान्न तम्तयार रहेका तस्बिर अहिले पनि इन्टरनेटमा असरल्ल छरिएका छन् । स्कुल तहको पढाइ जेनतेन सकेपछि उसले कलेजमा भर्ना पाउन दुईपटक प्रवेश परीक्षा दियो तर फेल भयो । तेस्रो प्रयासमा उसले कलेजमा भर्ना पायो । ग्य्राजुएट गरेपछि उसले जागिरका लागि आवेदन दिन थाल्यो ।
तीसौँपटक आवेदन दिँदा पनि उसलाई कुनै रोजगारदाताले पत्याएन ।
उसको गाउँनजिकैको सहरमा बहुराष्ट्रिय रेस्टुराँ चेन केएफसी खुल्ने भयो । कामका लागि आवेदन मागियो । ऊसहित २४ जनाले जागिरका लागि आवेदन गरे । २३ जनालाई केएफसीले जागिरमा लियो । तर, एकजना त्यही केटाले मात्र जागिर पाएन । उसका बाबुआमाले सोच्दै थिए होलान्, छोरो काम नलाग्ने भयो †
सन् १९७२ मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनले हाङझोउ भ्रमण गरे, जसका कारण त्यो क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो । बेरोजगार केटो बिहानै उठ्थ्यो र तिनै पर्यटककहाँ पुग्थ्यो । उसलाई अंग्रेजी सिक्ने लतले छोएको थियो । पछि उसले बल्ल अंग्रेजी शिक्षकको जागिर पायो । ऊ महिनाको १२ डलर तलब पाउँथ्यो । सन् १९९५ मा उसले अमेरिका भ्रमणमा जाने अवसर पायो । त्यही वेला मात्रै उसले कम्प्युटर देख्न र छुन पायो । उसले इन्टरनेटमा पहिलोपटक सर्च गरेको विषय थियो बियर । तर, इन्टरनेटमा एउटै पनि चाइनिज बियरको रिजल्ट फेला पार्न सकेन । उसलाई लाग्यो, चीनमा इन्टरनेट कम्पनीको जरुरी छ । तर, गर्ने के ? त्यसका लागि लगानी गर्ने पैसा छैन । उसले १७ जना साथीहरूलाई जम्मा गरेर अनलाइन मार्केटप्लेस स्थापना गर्ने विषयमा सहमति जुटायो ।
सन् २०१३ मा मसँगको भेटमा उसले विगतको कहानी सुनायो– उसले ती साथीहरूसँग प्रतिव्यक्ति पाँच हजार डलर संकलन गरेर कम्पनी स्थापना गरेको रहेछ ।
त्यो दुब्लो, उपद्रिया र कसैले एउटा जागिरका लागि नपत्याएको केटाको नाम हो, ज्याक मा । इ–कमर्सको बादशाह– अलिबाबा डट कमको मालिक । विश्वका अर्बपतिहरूको पहिलो सूचीको धनाढ्य । २५ अर्ब डलरको मालिक । आज चीनलाई विश्वमा गौरवान्वित गराउने उद्यमी ।
आज उनी चिनियाँ सेलेब्रिटी हुन् । उनलाई देख्न र सुन्न विश्वभरका मानिस लालायित छन् ।
अब म तपाईंहरूलाई सोध्न चाहन्छु– हामीमध्ये कतिजना ज्याक माको जस्तै खराब पृष्ठभूमिबाट गुज्रिएका छौँ ? मलाई लाग्छ, न म त्यो स्तरको निम्न पृष्ठभूमिबाट आएको हुँ, न त तपाईंहरू नै त्यो स्तरको निम्न पृष्ठभूमिबाट आउनुभएको छ । त्यसैले, यदि त्यत्रो हन्डर खाएका ज्याक माको एउटा सपनाले विश्व हल्लाइदिन सक्छ भने हामीले गर्न नसक्ने केही छैन । खालि हामीले सपना देख्नुपर्‍यो र त्यो सपनालाई पछ्याउन जान्नुपर्‍यो । यत्ति गर्न सक्यौँ भने हाम्रो सपना साकार नभई सुख छैन ।
युक्रेनी गाउँकै अर्को बालक
युक्रेनमा एउटा दुर्गम गाउँ छ, जो सधैँ हिउँले कठ्यांग्रिन्छ । त्यही गाउँको एउटा सामान्य परिवारमा जन्मिएको बालक हुन् जन कोउम । उनका बाबु स्थानीय ठेकेदारी गरेर गुजारा चलाउँथे । त्यो ठिहिर्‍याउने चिसो घरमा कोउमका लागि तातोपानीसम्मको व्यवस्था थिएन ।
पछि गएर कोउम परिवारलाई त्यही गाउँमा पनि बस्न सक्ने वातावरण भएन । राजनीतिक समस्याका कारण गाउँबाट विस्थापित हुनुपर्‍यो । त्यसपछि त्यो परिवार सरकारले उपलब्ध गराएको आवासमा गुजारा गर्न थाल्यो । जन कउमले जीविकोपार्जनका लागि केसम्म गरेनन् ? उनले ग्रोसरी सपको भुइँ पुछे र त्यही भुइँमा सुतेर रात कटाए ।
मागेका किताब पढेर उनले कम्प्युटर नेटवर्किङसम्बन्धी ज्ञान हासिल गरे । कम्प्युटर शिक्षा हासिल गरेपछि ‘याहू’मा काम पाए । र, केही समयपछि जागिर छाडे । पछि उनले फेसबुकमा जागिरका लागि आवेदन दिए । तर, रिजेक्ट भए ।
आइफोनको भर्खर सुरु भएको एप स्टोर देखेर उनलाई लाग्यो कि अबको भविष्य नयाँ एपको सिर्जनामा छ ।
उनले सपना देखे– यस्तो मोबाइल एपको निर्माण गरूँ ताकि सारा स्मार्टफोन प्रयोगकर्ता एक–आपसमा लाइभ कनेन्ट होऊन् । लाइभ च्याट गर्न सकून् । र, उनीहरूका डाटाहरू एक्सचेन्ज गर्न सकून् । उनले त्यो सपनालाई पछ्याइरहे, जबसम्म उनको सपना साकार भएन ।
सन् २००९ मा वाट्सएप सुरु भयो । दिन दुई गुणा रात चौगुणा वाट्सएपका प्रयोगकर्ता थपिँदै गए । आज यो एप प्रयोगकर्ताको संख्या एक अर्बभन्दा बढी छ । उनको यो एप यति लोकप्रिय भयो कि रातारात उनी अर्बौं डलरका मालिकमा रूपान्तरित भए ।
एउटा नयाँ सोच र त्यो सोचको कार्यान्वयनले युक्रेनी चिसो गाउँमा तातोपानीसम्म नपाउने कोउम रातारात बिलिनियर क्लबमा प्रवेश गरे ।
आज मेरो बिजनेसको मुख्य सहारा पनि यही एप बनिरहेको छ । म दुनियाँको जुनसुकै ठाउँमा किन नहोऊँ, मेरो मोबाइलमा रहेको यही एपबाट मेरो बिजनेस दुनियाँमा के भइरहेको छ भन्ने सबै जानकारी प्राप्त हुन्छ ।
पत्याउनुहुन्छ, हिजो कोउमलाई एउटा जागिरका लागि नपत्याउने फेसबुकले उनले निर्माण गरेको ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गर्‍यो । मार्क जुकरबर्गले ह्वाट्स एपलाई पनि आफ्नो बनाए ।
त्यसैले, हामी पनि आफ्नो सिर्जनाका लागि पागल नभई सुखै छैन । हाम्रो परिवार, हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र र हाम्रो राजनीतिले हामीलाई अवरोध गर्दैन । गाउँको सानो झुपडीमै बसेर पनि ठूलो सपना देख्न हामीलाई कसैले रोक्न सक्दैन । यदि त्यो स्तरबाट आएका कोउमले यो स्तरको सफलता हासिल गर्न सक्छन् भने हामी किन सक्दैनौँ ? त्यसैले, म फेरि भन्छु सपना देख्न नछाडौँ र सपनालाई पछ्याउन पनि नडराऔँ, जहिलेसम्म हाम्रो सपना पूरा हुँदैन ।
आफ्नो सपनाको कथा
काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो । ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो । नेवारी भाषा पनि फरर बोल्थ्यो । तर, केही मानिस उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे ।
उसका हजुरबुबा पहिले कपडा बेच्दै हिँड्थे । पछि बाबुले न्युरोडमा एउटा कवल भाडा लिएर कपडा पसल चलाए । बाबुले नै त्यसलाई डिपार्टमेन्टल स्टोरमा रूपान्तरण गरे । बाबु चाहन्थे, छोरो त्यही स्टोरभित्र बसेर हिसाब–किताब दुरुस्त राखोस् । तर, छोरोको मन डिस्को, फेसन, स्टाइल र रमझममै अडेको थियो । उसले बुबाको डिपार्टमेन्ट स्टोर चलाउनुको साटो बरु डिस्को खोल्ने बाटो रोज्यो ।
तर, जब ऊ १८ वर्ष पुग्यो, उसको जीवन नै बदलियो । बाबुलाई ‘हर्ट एट्याक’ले कमजोर बनायो । उसले कम उमेर र विनाअनुभव पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुपर्‍यो । बाबु उमेरका व्यवसायीहरू एकाएक उनका प्रतिस्पर्धी बने । तर, उसले हार खाएन ।
अझ आफ्नो बिजनेसलाई नयाँ–नयाँ उचाइमा पुर्‍यायो ।
तपाईंहरूले थाहा पाइसक्नुभयो, त्यो केटा मै हुँ । आज हामीसँग पाँचै महाद्वीपमा फैलिएका १२२ कम्पनी र विश्वविख्यात ७६ ब्रान्ड छन् ।
अब म तपाईंहरूलाई आफू यहाँसम्म आइपुग्नुको कारण भन्न चाहन्छु, मेरा तीनवटा सपनाका कथाबाट ।
पहिलो
मैले नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम भएका वेला वाइवाइ सुरु गरेँ । नेपालमा नुडल्सको सुरुवात पोखराबाटै भएको हो । त्यो वेलाको बजार पनि म्यागीले ओगटेको थियो । त्यस्तो समयमा हामीले सुरु गरेको वाइवाइ आज नेपालको फुड कल्चर बनेको छ । यति मात्र होइन, विश्व नुडल्स बजारमै दुई प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको छ । विश्वका ३२ देशमा यसका उपभोक्ता छन् ।
दोस्रो
वि.सं. ०५० को दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो । लगानीकर्ताहरू नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै यहाँबाट कुलेलम ठोक्दै थिए । त्यही वेला मैले नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरको औद्योगिक ग्राम स्थापना गर्ने योजना बनाएँ । उद्यमी व्यवसायीहरू सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटेलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, म भने नवलपरासीमा ८० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको हुन्थेँ । माओवादी द्वन्द्व जति चर्किंदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिँदै थिए । आखिरमा हामीले दक्षिण एसियाको एउटा नमुना औद्योगिक ग्राम निर्माण गर्ने सपना पूरा गरेरै छाड्यौँ । त्यहाँ अहिले एउटै कम्पाउन्डभित्र व्यवस्थित रूपमा दर्जनभन्दा धेरै उद्योग दिनरात चलिरहेका छन् । अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाइट पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भइरहेको छ ।
तेस्रो
नेपालमा विदेशी लगानीकर्ता आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन ? यो कुराले मलाई लामो समय दिनरात पिछा गरिरह्यो । आखिर मैले निर्णय लिएरै छाडेँ, विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ । सपनाको कुनै सीमा हुँदैन । र, ज्ञान र सीपलाई पनि कसैले रोकेर रोक्न सक्दैन । तपाईंको दिमागमा सपना छ, त्यो सपना पछ्याउने लगन छ र हातमा सीप छ भने पुँजी ठूलो कुरा होइन । पँुंजी तपाईंलाई पछ्याउँदै आउनेछ । त्यस्तो वेला संसारको जुनसुकै ठाउँमा बिजनेस गर्नु सहज हुन्छ । यही सोचेर हामीले नेपालमा पनि लगानी विस्तार गरी नै रह्यौँ र विदेशका सम्भावनाहरूलाई पछ्याउन थाल्यौँ ।
०००
आज हाम्रो समूहले अमेरिकाको जोन अफ केनेडी इन्टरनेसनल एयरपोर्टको अगाडि सानदार र्‍याडिसन होटेल चलाइरहेको छ । ताज ग्रुपसँगको सहकार्यमा नेपाल, भारत, माल्दिभ्स, श्रीलंकालगायत मुलुकमा विश्वविख्यात होटेलहरूमा साझेदारी गरिरहेका छौँ । कुनै समय यस्तो थियो, म बम्बईको ताज होटेलबाहिर उभिएर त्यहाँ छिर्न हिच्किचाउँथेँ । ताजको ढोकाबाहिर उभिएका द्वारपालले कठालोमा समातेर बाहिर धपाइदेलान् कि भन्ने मलाई डर हुन्थ्यो । म बाहिरैबाट ताज होटेलको परिसरभित्र छिर्ने महँगा गाडी र त्यही गाडीमा आउने धनीहरूलाई हेरेर बस्थेँ । तर, आज त्यही ताज होटेलको स्विटमा बसेर म बाहिर हेर्छु । यति मात्र होइन, त्यही ताज होटेल, जहाँ छिर्न मलाई आँट आउँथेन, उसैसँग साझेदारी गरेको छु । हामीले होटेल रिसोर्टमा ‘सिजी होटल्स एन्ड रिसोर्ट’ नामक आफ्नै अन्तर्राष्ट्रिय ब्रान्ड पनि स्थापित गरिसकेका छौँ । यो एसियादेखि अफ्रिकासम्म विस्तार भइरहेको छ । होटेल एन्ड रिसोर्ट विस्तारका लागि आज हामीसँग मिसन २०२० तयार छ– सन् २०२० सम्म विश्वमा २०० होटेल स्थापना गर्ने मिसन तीव्र रफ्तारमा कार्यान्वयनमा छ ।
मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन । सपना देखेर मात्रै सम्भव भएको हो । जतिवेला मैले सपना देख्न सुरु गरेँ, त्यतिवेलाको मेरो वित्तीय हैसियत सामान्य थियो ।
०००
चीनका ज्याक मा, युक्रेनका जोन कोउम र नेपालको म, हामी तीनैजनाको व्यावसायिक जीवनमा एउटा समानता छ । हामी तीनैजना सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका हौँ । बिजनेस सुरु गर्दा हामीसँग सपनाबाहेक अरू
केही थिएन ।
त्यसैले म फेरि भन्छु– सपना देख्नुस् । र, सपनालाई पछ्याउनुस् । स्रोतको अभावमा तपाईंको सपना मर्नै सक्दैन । तपार्इंका नयाँ सोचमा लगानी गर्न विश्वभर ‘स्टार्टअप फन्डहरू’ सेवामा हाजिर छन् । आज चौधरी ग्रुपसँग जे छ, त्यो पैसा होइन, त्यही सपनाको प्रतिफल हो, आमउपभोक्ताको विश्वास हो ।
आज हाम्रो गु्रपलाई फोब्र्सले अर्बपतिको सूचीमा राखेको छ । हाम्रो कारोबारको आँकडा र व्यावसायिक योजना हेरेर फोब्र्सले हामीलाई सूचीमा राखेको हो । तर, म त्यसमा कारोबारको आँकडा मात्र देख्दिनँ, उपभोक्ताको माया र विश्वास नै बढी देख्छु । तपाईंहरूजस्तै आम उपभोक्ताको विश्वासले नै हामीलाई यहाँसम्म ल्याइपुर्‍याएको हो । वाइवाइ खाने नेपालको फुड कल्चरले नै हामीलाई यहाँसम्म ल्याइपुर्‍याएको हो ।
त्यसैले, मेरो फोब्र्स यात्रा प्रत्येक नेपालीको सफलताको कथा हो । प्रत्येक नेपाली, जसले वाइवाइ चाखेका छन्, र त्यसको स्वादलाई आफूसँगै संसारभर लिएर गएका छन् ।
तर, म यतिमै सन्तुष्ट छैन । म त्यतिवेला मात्र खुसी हुनेछु, जब फोब्र्स सूचीमा नेपालकै अरू व्यवसायीको नाम पनि देखिनेछ । तपाईंहरूमध्येकै कसैको नाउँ त्यसमा आउनेछ । र, यो असम्भव छैन । खालि तपाईंले सपना देख्नुपर्‍यो र सपनालाई पछ्याइरहने लगन हुनुपर्‍यो ।
जब हामी सपनाको कुरा गर्छौं, समस्याले हामीलाई सँगसँगै घेर्न आउँछ । अनि हामी समस्या समाधानका लागि सरकारसँग हारगुहार गर्छौं । म सजिलै भन्न सक्छु, तपाईं सरकारले समस्या समाधान गरिदेला र काम सुरु गरौँला भनेर बस्नुभयो भने समस्या समाधान हुन्जेल तपाईं बुढो भइसक्नुहुनेछ । तपाईंको सपना त्यसै मर्छ । अनि के समस्यालाई दोष दिएर वा सरकारतर्फ औँला देखाई आफ्नो अधोगतिको गीत गाएर बस्नुको कुनै तुक रहन्छ र ? मेरो विचारमा समस्या समाधान गर्ने पहिलो निकाय हामी आफैँ हौँ । हामी तीन करोड नेपालीमध्ये सरकारले कतिजनाको समस्या समाधान गरिदेओस् †
नेपालमा व्यवसाय सुरु गर्न साँच्चै गाह्रो छ । दोहोरो अर्थ लाग्ने ब्युरोक्रेसीको भाषा हामीले कमै मात्र बुझ्छौँ । जब तपाईं सही काम गर्दै हुनुहुन्छ सीधा ढंगले अगाडि बढ्नुस्, हात्ती लम्किएजस्तै । सही काम गर्दागर्दै पनि नियम, कानुनका तगारा तपार्इंका अगाडि तेर्सिन्छन् भने ती तगारा नाघ्न पनि तयार हुनुस् । मैले पनि नाघेको छु, यस्ता तगाराहरू ।
मैले सोचेँ, यदि म्यागी नेपाली बजारमा आउन हुन्छ भने वाइवाइ विश्व बजारमा जान किन सक्दैन ? हाम्रो नियम, कानुनले मलाई जवाफ दियो, काठमाडौंमा म्यागी किनेर खानु तिम्रो नियति हो । तर, तिम्रो वाइवाइ विश्वका उपभोक्तासमक्ष पुर्‍याउन पाउँदैनौ । यो उत्तर मलाई चित्त बुझेन । मैले दसौँपटक सोच्दा पनि मेरो दिमागले मलाई के निर्देशन दियो भने यदि म्यागी नेपाल आउन हुन्छ भने वाइवाइ पनि विश्व बजारमा पुग्न पाउनुपर्छ । आज वाइवाइ एसियादेखि अफ्रिकासम्म, मध्यपूर्वदेखि युरोपसम्म पुगेको छ । विश्वभर रहेका नेपालीले विदेशी भूमिमा आफ्नो देशको ब्रान्ड वाइवाइप्रति गर्व गरिरहेका छन् ।
अब त यो ‘हामी सबैको वाइवाइ’ बनिसकेको छ । म यो ब्रान्ड तयार गर्ने निमित्त मात्रै हुँ ।
तपाईंहरूलाई लाग्न सक्छ, ठूला कर्पोरेट चलाउन, प्रख्यात ब्रान्डहरूको व्यवस्थापन गर्न विदेशी अनुहार नै चाहिन्छ, हामी नेपालीले सक्दैनौँ । यो हीनताबोध तपाईंहरूको दिमागको कुनै कुनामा जमेर बसेको छ भने कृपया यसलाई अहिले नै निकालेर फालिदिनुस् । मैले भर्खरै भन्दै थिएँ, वाइवाइ आज पाँचै महादेशमा विस्तार भइरहेको छ, यसको नेतृत्व नेपाली नागरिकले गरिरहेका छन् ।
चितवनको मेघौली सराईदेखि न्युयोर्कको र्‍याडिसनसम्म, किगालीदेखि श्रीलंकाको ताज समुद्रसम्म, फिलिपिन्सदेखि मुम्बईसम्म फैलिएका ७९ वल्र्डक्लास होटेल एन्ड रिसोर्टहरू सञ्चालन गर्ने सिजी होटल्स एन्ड रिसोर्टको हेडक्वार्टर काठमाडौं हो भन्ने कुरा तपार्इंहरू कतिजनाले विश्वास गर्नुहुन्छ ? विश्वास गर्नुस्, नेपालले पनि वल्र्डक्लास कर्पोरेट जन्माएको छ । थप वल्र्डक्लास कर्पोरेट जन्माउन सक्छ । त्यसको नेतृत्व भोलि तपार्इंहरूले गरिरहेको हुनुहुनेछ । नेपाल अब सगरमाथा, बुद्ध र गोर्खाजहरूको देश मात्रै होइन, वल्र्डक्लास कर्पोरेटहरूको पनि देश हो भनेर चिनाउने जिम्मा तपाईं–हाम्रै हो ।
पुर्खाबाट नलेज हस्तान्तरण हुने दिन अब सकिए । छोराछोरी बिग्रिए भनेर बाबुआमाले जतिसुकै चिन्ता गरून्, गर्न दिनुस् । तपार्इंले आफ्नो सिर्जनशीलताको उपयोग गर्नुस् । हिजो बिग्रिए भनेर चिन्ता लिने बाबुआमाले तपाईंप्रति गर्व गर्नेछन् । बाबुआमाले जे भन्छन्, त्यही गर्छु भनेर बसेका भए मार्क जुकरबर्ग २३ वर्षको उमेरमा बिलियन डलर क्लबमा प्रवेश गर्ने थिएनन् । किनकि उनका बाबुबाजेले भर्चुअल दुनियाँमा सोसल मिडिया चलाएका थिएनन् । मैले पनि अरुण इम्पोरियममा कपडा च्यातिरहेको हुने थिएँ कि †
हाम्रा लागि आकाश असीमित छ उड्नका लागि । कहाँसम्म उड्ने हामी आफँैले तय गर्ने हो ।
गतिशील हुनुस् । प्रविधिमा प्राप्त उपलब्धि र उपभोक्ताको रुचिमा आएको परिवर्तनलाई नजिकबाट चियाइरहनुस् । नत्र तपाईंको बिजनेस कुनै पनि दिन नोकिया र ब्ल्याकबेरीको हालतमा पुग्न सक्छ । आजको नम्बर १ बिजनेस भोलि बिहान उठ्दा धराशयी बनेको पनि हुन सक्छ । किनभने टेक्नोलोजीको दुनियाँ जेटभन्दा तीब्र गतिमा दौडिरहेको छ ।
०००
नेपालमा अब धेरैभन्दा धेरै सामाजिक उद्यमी जन्माउनुपर्ने खाँचो छ । यसमा चौधरी फाउन्डेसनले लायन्स क्लब इन्टरनेसनलसँगको सहकार्यमा केही योजना अघि बढाएको छ । कसैसँग बिजनेसको राम्रो आइडिया छ तर बिजनेस सुरु गर्न पैसा छैन भने हामी त्यो आइडियामाथि लगानी गर्छौं । यसका लागि बिजनेस आइडिया नाफामुखी मात्र हुनु हुँदैन । त्यसले समाजमा केही योगदान पुर्‍याएकै हुनुपर्छ । जस्तो, हालसालै हामीले जुम्ला, दाङ, डडेल्धुरा, सल्यानलगायत पश्चिम नेपाल क्षेत्रमा बाल कुपोषण नियन्त्रण, अग्र्यानिक खेतीजस्ता सामाजिक उद्यम कार्यक्रम सुरु गरेका छौँ । यो बिजनेसको आइडिया भएका तर पुँजी नभएका युवाकै अग्रसरतामा सुरु भएको हो, जसमा हामीले सहयोगको हात मात्र बढाएका हौँ । यस सामाजिक उद्यमशीलताको अवधारणामा सहकार्य गर्ने लायन्स क्लब इन्टरनेसनललाई म यस अवसरमा धन्यवाद पनि दिन चाहन्छु ।
कुनै वेला म पनि लियो क्बलमा थिएँ । समाजसेवाको भाव मैले लियो क्लबमा हुँदा नै सिकेको हुँ । गतवर्ष वैशाख १२ गते जब नेपालले भूकम्पको ऐतिहासिक संकट व्यहोर्नुपर्‍यो, मैले त्यतिवेला सिकेको समाजसेवाको भावले मलाई निदाउन दिएन । त्यसैले भूकम्पका धक्कामा आफ्नो व्यक्तिगत सुरक्षाको सोचलाई त्याग्दै हामी भूकम्पपीडितलाई सेल्टरमा ल्याउने पहलमा जुट्यौँ । भूकम्पका इपिसेन्टरहरू पछ्याउँदै गोर्खादेखि सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत वितरणमा जुट्यौँ । उनीहरूका लागि तत्कालीन र मध्यकालीन व्यवस्थापनको खाँचो थियो । त्यही आवश्यकतालाई ध्यानमा राखेर चौधरी फाउन्डेसनमार्फत् १० हजार ट्रान्जिसनल होम र एक सय विद्यालय पुनर्निर्माणको अवधारणा कार्यान्वयनमा ल्यायौँ । मैले ०७२ सालमा सबैभन्दा बढी समय कुनै विषयका लागि दिएको छु भने भूकम्प प्रभावितहरूको सेवामा हो । जसको परिणाम आज करिब २५ सय ट्रान्जिसनल होम निर्माण भई कम्तीमा १२ हजार भूकम्पपीडितहरूले हावाहुरी र झरीमा टाउको लुकाउने ओत पाउनुभएको छ । साना बालबालिका भूकम्पले घर भत्काइदिएको मनोवैज्ञानिक त्रासबाट मुक्त भएर स्कुल जान पाएका छन् । भूकम्पले भत्काइदिएका ३५ वटा विद्यालयले नयाँ भवन पाएका छन्, जहाँ स–साना बालबालिकाले एबिसिडी पढिरहेको दृश्य देख्न पाउँदा म धेरैपटक भावुक भएको छु । म पूर्व मुख्यसचिव लीलामणि पौड्यालको शब्द तपाईंहरूसमक्ष सेयर गर्न चाहन्छु– ‘सरकारले एउटा पनि सेल्टर भूकम्पपीडितलाई दिन नसकिरहेको वेला चौधरी फाउन्डेसनले २५ सय ट्रान्जिसनल होम भूकम्पपीडितका लागि निर्माण गर्नु कुनै चानचुने उपलब्धि होइन ।’
(चौधरी ग्रुपका अध्यक्ष विनोदले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी १ नेपालको राष्ट्रिय महाधिवेशनमा यो अनुभूति व्यक्त गरेका हुन्)

Apr 15, 2016

E- Marketing in Japanese perspective

Risk Avoidance – In general Japanese culture does not encourage risk taking or standing out from the crowd. Once a precedent has been set for things looking or behaving a certain way then everybody follows it, regardless of whether there is a better solution. Even Japanese subcultures conform to their own fashions and rules.

Consumer Behaviour – People require a high degree of assurance, by means of lengthy descriptions and technical specifications, before making a purchasing decision – they are not going to be easily swayed by a catchy headline or a pretty image. The adage of “less is more” doesn’t really apply here.

Advertising – Rather than being seen as a tool to enable people Japanese companies often see the web as just another advertising platform to push their message across as loudly as possible. Websites ends up being about the maximal concentration of information into the smallest space akin to a pamphlet rather than an interactive tool.

Urban Landscape – Walk around one of Tokyo’s main hubs like Shibuya and you’re constantly bombarded with bright neon advertisements, noisy pachinko parlours (game arcades), and crowds of rambunctious salary men or school kids. The same chaotic busyness of the streets seems to have spilled over to the web. Added to this, because physical space comes at a premium in Japan, none of it is wasted and the same goes for negative/white space on a webpage.

Job Roles – Look on any job site in Japan and you’ll still see adverts for roles like “Web Master” and “Web Admin” which hark back to the day when a company would employ a single IT guy to hand-code and run their entire website – many still do. On the other side of the equation, creative people want creative freedom which they’re not likely to find in a large Japanese corporation so they go elsewhere.

And being a Japanese language student for one and half year, also after working a year in Japan, I can conclude a TECHNO-FACTOR regarding this subject is as follows;

Mobile Legacy – Japan was using their version of the mobile web on advanced flip phones long before the iPhone came along and in even larger numbers than had personal computers. Back then the screens were tiny and the way sites had to be designed to cram content into this small space has continued to influence the way things are now.

Web Fonts – There is a lack of web fonts for non-latin languages (Chinese, Japanese…). This is because each font requires thousands of characters to be individually designed which is prohibitively expensive, time-consuming, and would take longer to download. For these reasons designers tend to use graphics rather than plain text to display non-standard typefaces.

Apr 9, 2016

Conference on Applications of Mathematics to Nonlinear Sciences

The Association of Nepalese Mathematicians in America (ANMA), Nepal Mathematical Society (NMS) and mathematics departments of Tribhuvan University and Kathmandu University are jointly organizing the International Conference on Applications of Mathematics to Nonlinear Sciences (AMNS-2016) in Kathmandu, Nepal, on May 26-29, 2016. The conference provides a forum to a diverse group of scientists in applications of mathematics to natural and health sciences, engineering and finance. Specific areas include analysis, topology, mathematics education, statistics, big data, optimization, operations research, quantitative finance, mathematical biology, biomedical science, biophysics, and public health. The conference intends to bring together researchers from a variety of disciplines which impact nonlinear analysis and applications in bio- and physical sciences from the south-east Asian countries and around the globe.
http://anmaweb.org/AMNS-2016/AMNS-2016_flyer.pdf

Jan 12, 2016

Job Vacancies in Agriculture Development Bank

Read more... click here for more



सरकारी स्वामित्वको कृषि विकास बैंकले २ सय ९८ जना कर्मचारी मागेको छ । बै‌कले आइतबार एक सूचना प्रकाशित गर्दै सहायक, प्रथम श्रेणी तथा द्वितिय श्रेणीमा गरी एकचोटी २ सय ९८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी सिद्धान्त अनुसार उक्त संख्यामा कर्मचारी माग गरिएको बैंकले जनाएको छ ।

सूचनाअनुसार व्यवसाय सहायक, सहायक स्तरमा ४० जना माग गरिएको छ । यो श्रेणीमा दरखास्त दिन चाहनेले व्यवस्थापन संकायमा स्नातक वा मानविकी संकायमा अर्थशास्त्र मूल विषय लिई स्नातक उत्तीर्ण हुनुपर्ने छ । पाँचौं तहमा दरखास्त दिने कर्मचारीले काठमाडौंमा रहेको बैंकको मुख्य कार्यालयमा दरखास्त फारम बुझाउन सक्नेछन् ।

यसैगरी लेखापाल सहायक स्तर, द्वितीय श्रेणी, चौथो तहको लागि बैंकले दुईसय ५८ जना कर्मचरी माग गरेको छ। जसअनुसार विराटनगर, राजविराज तथा जनकपुर क्षेत्रीय कार्यालयले खटाएको कार्यालयमा काम गर्ने गरी ७३ जना माग गरेको छ ।

तह चारमै वीरगञ्ज, काठमाडौं, पोखरा तथा भैरहवा क्षेत्रीय कार्यालय अन्तर्गत खटाएको कार्यालमा काम गर्ने गरी १ सय १४ जना र दाङ, नेपालगञ्ज तथा धनगढी क्षेत्रीय कार्यालय अन्तर्गतका कार्यालयमा काम गर्ने गरि ७१ जना मागिएको छ।

तह चारमा दरखास्त दिन चाहनेले व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण वा मानविकी संकायमा अर्थशास्त्र प्रमुख विषय लिई १२ कक्षा उत्तीर्ण हुनुपर्ने छ । खुला महिला, आदिवासी/जनजाति मधेसी दलित अपाङ्ग र पिछडिएको क्षेत्रकाले सबैले दरखास्त दिन सक्नेछन् ।

यी पदमा दरखास्त दिनेले पनि परीक्षा दस्तुर ४ सय बुझाउनुपर्ने छ । एकभन्दा बढी समूहमा सम्मिलित हुन चाहनेले प्रत्येक समूहको लागि २ सय ५० थप दस्तुर बुझाउनु पर्नेछ ।

एसआरसिएसले सेयर बजारसम्वन्धी जानकारीका सामाग्रीमा छुट

सेयर बजारसम्वन्धी सर्वसाधारणलाई विभिन्न माध्यमबाट परामर्श दिँदै आएको सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले आफ्ना सामाग्रीहरुमा विशेष छुट योजना दिने भएको छ। 
 
संस्थाबाट प्रकाशित किताव, फिल्म तथा गितमा पाठक, दर्शक तथा श्रोताहरुलाई उच्च छुटको व्यवस्था गरिएको एसआरसिएसले जनाएको छ। पुस २९ गतेदेखि माघ १५ गतेसम्म संस्थाले प्रकाशित कितावमा २५ प्रतिशत देखि ६० प्रतिशत सम्म छुट प्रदान गर्ने संस्थाका प्रमुख रविन्द्र भट्टराईले जानकारी दिए।
 
यो छुट एसआरसिएसको कार्यालय पुतलिसडकमा मात्र पाइने छ। एसआरसिएसले सेयर, बैकिंग, बिमा र कमोडिटिज बजार सम्बन्धि किताव प्रकाशन गर्दै आएको छ। नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर बजारका जिज्ञासाहरु, बैंकिंग जिज्ञासाहरु, बिमा जिज्ञासाहरु, कमोडिटिज जिज्ञासाहरु, हाउ टु इन्भेष्ट इन स्टक मार्केट, सेयरको प्राविधिक विश्लेषण जस्ता किताब प्रकाशन गरेको छ।
 
एसआरसिएसले लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न सिकाउन तथा चेतना जगाउन सेयर दोहोरि र आशा नामक चलचित्र पनि ल्याएको छ।

Jan 6, 2016

चालिस लाख ठगेर विदेश भाग्न लागेका म्यानपावर एजेन्ट एयरपोर्टमै समातिए

कठमाडौं : विदेशमा आकर्षक जागिर लगाइदिने भन्दै ६ जना युवाबाट ३९ लाख रुपैयाँ ठगेर विदेश फरार हुन लागेका एक म्यानपावर व्यवसायीलाई प्रहरीले मंगलबार एयरपोर्टबाटै नियन्त्रणमा लिएको छ।
 
ठगीमा पक्राउ पर्नेमा पाटनको ग्वार्कोस्थित नेल्को इन्टरनेशनल म्यानपावर कम्पनीका प्रबन्धक विजयराज खड्का छन्।

विदेश भागी जान लागेका अभियुक्त खड्कालाई महानगरीय विमान स्थल सुरक्षा कार्यालयको सहयोगमा पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।
 
खड्‌काको स्थायी घर झापा शनिअर्जुन नगरपालीका–५ हो। ललितपुरमा व्यवसाय गर्दै आएका खड्काले काठमाडौं चन्द्रागिरिका सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाशकुमार पाख्रिन, कुमार श्रेष्ठसहित ६ जनाबाट प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले रकम ठगेको उजुरी प्रहरीकहाँ परेको छ।
 
खड्काले ती युवाहरुलाई सिंगापुरमा तालिममा पठाउने र तालिम सकिएपछि रोजगारीमा लगाई दिने भनी उक्त रमक गैरकानुनि तवरले असुलेको प्रहरीले जनाएको छ।