May 15, 2013

मुस्ताङमा जहाज दुर्घटना, ठूलो मानवीय क्षती हुन पाएन/ (Plane Crash in Jomsom)

पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको 9 N ABO जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ ।
Plane Crash in Mustang May 2013

स्थानीय समाजसेवी एवं प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज टेलिभिजनलाई दिएको जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो ।
बिमानमा विमानमा चालकदलका सुरेश केसी, श्री प्रधान र एसएम तामाङसहित ११ नेपाली यात्रु र ८ जना जापानी यात्रु रहेका थिए । बिमानमा सवार कसैको मृत्यु नभएको र बिमान आगलागी वा बिष्फोटसमेत नभएको गौचनले जानकारी दिनुभयो । बिमानको पखेटा भने भाँचिएको छ ।
Crashed Part of the plane

‘केही गम्भीर घाइते भएका छन, उहाँहरुलाई तारा एयरको बिमानमार्फत् पोखरा पठाउँदै छौं’- गौचनले भन्नुभयो-’ठूलो मानवीय क्षती हुनबाट बचेको छ ।’
नजिकै नेपाली सेनाको ब्यारेक रहेका कारण उनीहरुको तुरुन्तै उद्दार हुन सकेको थियो ।
Rescuing pax after the crash in Mustang.
 केहि यात्रुहरु हिडडुल गर्न सके पनी रेफर गरेर पोखरा ल्याइएका बिरामी भने अचेत अबस्थामा रहेका छन् । नेपाली सेना-प्रहरी र स्थानीय ले घाइतेहरुको उद्दार गरेका थिए । के कति कारणले बिमान दुर्घटना हुन पुग्यो त्यो भने थाहा हुन सकेको छैन!