Jul 30, 2013
एक स्वतन्त्र राष्ट्र ले गर्ने प्रत्यक निर्णय मा
बिदेशी प्रभु को निर्देशन र आशिर्बाद थाप्नु पर्ने अवस्था मा देश लाई पुर्याए पछी
कसरी जोगिएला हाम्रो सार्बभौमा सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र को स्वाधिन
अस्तित्व ? स्वदेशी प्रभु लाई ढालेर तराइ लाई श्रीलन्का को तामिल बनाउने योजना बोकेका को
साथ लिएर हिंडेका प्रचन्ड ले सत्ता बाट फुस्के पछी बिदेशी प्रभु को बिरोध गर्नु ''अङ्गुर अमिलो ''को उपमा लिएका छन बुद्धिजिबी हरु ले ।
बिदेशमा छु म.....
एक तोला होइन दश तोला सुन किन्नु आमा,
पाँच लाखको होइन पचास लाखको घर
किन्नु बाबा,
बिदेशमा छु म,
मैले केही खानु लाउनु पर्दैन,
जति पनि पैसाको माग गरे हुन्छ
मैले तलब पाउनलाई महिना मर्नु पर्दैन
किनकि बिदेशमा छु म
यहा डलर मै छाप्ने गर्छु !
पाँच हजारको होइन भाइ,दश
हजारको जुत्ता लाउनु,
आइ फोन मात्र किन
किन्छौ दिदि ल्यापटप पनि किन्नु,
बाइकको के माग किन गर्छौ दाइ पजेरो नै
किन्नु,
यहा कत्ति दुख छैन,रातमा जागा बस्नु
पनि पर्दैन,
पलपल गन्दै कहिले महिना बित्छ भन्नु
पनिपर्दैन,
किनकि बिदेशमा छु म
यहा डलर मै छाप्ने गर्छु !
आठ हजारको कुर्ता होइन बहिनि बिस
हजार कै किन्नु,
म आफ्नो देश र घर फर्किनु पर्दैन,
मेरो उमेर र समयले कहिल्यै मेरो साथ
छोडदैन
त्यसैले मेरो पीरै लिनु पर्दैन
बिदेशमा छु म,
मैले केही खानु लाउनु पर्दैन,
जति पनि पैसाको माग गरे हुन्छ
मैले तलब पाउनलाई महिना मर्नु पर्दैन
किनकि बिदेशमा छु म
यहा डलर मै छाप्ने गर्छु
copies from unknownगगन र अञ्जनाको प्रेम कथा
लोकप्रिय युवा नेता गगन थापाले विवाह गरेर दाम्पत्य जीवन सुरु गरेलगत्तै उहाँ संविधानसभा सदस्य हुनुभयो । फेरि राजनीतिक
दौडधूप सुरु भइहाल्यो ।
गगनलाई हजारौं युवतीले मनपराए । तर, डा. अञ्जना केसी नै सबैभन्दा भाग्यशाली बनिन् । स्कुल पढ्दा उहाँले प्रेमका
खासै अनुभव गर्नुभएन । त्रिचन्द्रमा स्ववियु सदस्य भएपछि उहाँको सर्म्पर्क बढ्यो ।
उहाँको प्रेमहरु पनि चल्यो । तर, ती सबै अस्थायी रहेछन् । गगनको भनाइ छ- कलेजको उमेर
अनुसारको सोच मात्र रहेछ । पछि ती कुराहरु प्राथमिकतामा नै परेनन् ।
जीवनका ह्यान्डसम गगनले कसैलाई प्रेमपत्र लेख्नुभएन
। उहाँलाई पनि युवतीहरुले लेख्ने साहस गरेनन् । हुन त प्रेमपत्रको जमाना हराइसकेको
चर्चा पनि छ । कांग्रेस सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसीकी माइली छोरी
अञ्जनालाई राजनीतिक कामको सिलसिलामा पहिलोपटक घरमा नै भेट्नुभएको हो गगनले ।
त्यतिबेला अञ्जना पढ्नका लागि बाहिर जाने तयारीमा हुनुहुन्थ्यो । देखभेटपछि चिनजान
भयो अनि नियमित भेटघाट भइरह्यो ।
लोकतान्त्रिक आन्दोलनका क्रममा गगन र अञ्जना सँगै
हिँड्नुभयो असल साथीका रुपमा । प्रेमको पहिलो र औपचारिक प्रस्ताव कसले राख्यो
पत्तै भएन । गगनको जीवनको प्राथमिकता बुभ\mने, भौतिक कुरालाई त्यति महत्व नदिने, जीवनका उतार चढाव बुझ्ने, चाँडै उत्साहित र चाँडै निराश नहुने अनि अभावमा पनि
हास्न सक्ने मानवीय पक्ष छ अञ्ननामा ।
गगन-अञ्जनाको प्रेम दुइ वर्ष चल्यो । अञ्जना अमेरिका
गएपछि उहाँहरुबीच टेलिफोन र इमेलमा भावना साटासाट भयो । अञ्जनाको बौद्धिकता, मिलनसारिता र सौन्दर्यले गगनलाई पछ्याइरह्यो । उहाँ भन्नुहुन्छ- मेरो
प्राथकितामा सौन्दर्य भन्दा पनि सम्बन्धलाई राम्रो बनाउने हो, अञ्जनालाई मेरो जीवनको मिसन बुभ\mनसक्षम देखेँ । अञ्जना अमेरिकाबाट फर्केपछि
उहाँहरुको विवाह गराउन परिवार तुरुन्त राजी भयो । यो जोडीलाई लाग्यो- हामी जीवनभरि
असल साथी बन्न सक्छौं ।
वैशाख १५ गते गगन साथीको कार लिएर दुलही लिन जानुभयो
। जन्तीको समूह सानो थियो । तडकभडक विहीन तर विधिपूवक विवाह भयो । शुभकामना दिन
प्रधानमन्त्री गिरिजाप्रसाद केाइराला पुग्नुभएको थियो । उहाँले भन्नुभयो-
तिमीहरुको जोडी राम्रो होस् । गगनले विवाह भोज खुवाउनुभएन । त्यसैले विवाह खर्चिलो
हुन पाएन । उहाँले विवाह भोजका लागि छ्ट्याएको दुइ लाख उहाँले पाटन अस्पतालको सघन
उपचार कक्षलाई दिनुभएको छ ।
विवाहअघि सेक्सको अनुभव नभएको दाबी छ गगनको ।
युवतीहरुको धुकधुकी बनेका गगनको यस्तो दाबीलाई धेरैले पत्याउँदैनन् । प्रेमलाई
उहाँ जीवनमा सबैभन्दा ठूलो ऊर्जा मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ- जीवनको मिसनमा
प्रेम अवरोध बन्नुहुँदैन बरु सहयोगी हुनुपर्छ । गगनको विचारमा सेक्स प्रेमसित
जोडिएको पाटो हो । प्रेमसहितको सेक्समात्र उत्तम हो । मिसन विनाको प्रेम वा
सेक्सले युवाहरु समस्यामा परेका छन् ।
गगन थापाको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति
गृहमा भएको हो । उहाँका मातापिता हुनहुन्छ, महेन्द्रकुमार थापा र रामेश्वरी थापा । गगनको
बाल्यकालका केही समय सिन्धुपाल्चोकमा बित्यो । उहाँका पिता महेन्द्र नेपाल
विद्युत् प्राधिकरणमा इन्जिनियर हुनुहुन्थ्यो । गगनका एक दाजु र दुइ भाइ छन् ।
दाजु पवन हुनुहुन्छ भने भाइहरु सुमन र जीवन ।
गगनले सिद्धार्थ वनस्थली हाइस्कुलमा पढ्नुभयो ।
त्यहाँ पढुञ्जेल उहाँको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो । परिवारमा पनि
त्यही सिकाइन्थ्यो, विद्यालयमा पनि । २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय हुनुभयो । त्यतिबेला उहाँ
कक्षा ९ मा पढ्नुहुन्थ्यो । तर, राजनीतिमा लाग्ने सोचाइ थिएन । त्रिचन्द्र
क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहाँ विद्यार्थी संगठनमा लाग्नुभयो नेविसंघको
सदस्यका रुपमा । २०५१ सालमा उहाँ त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा
निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिमार्फत नै अघि बढ्ने अठोट गर्नुभयो ।
त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति
बन्नुभयो गगन । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा
उहाँको संलग्नता बढ्यो । उहाँ उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो । जीवनमा
पहिलोपटक २०५१ सालमा हिरासत बस्नुपर्यो गगनले । त्यतिबेला एमालेको अल्पमतको सरकार
थियो । गृहमन्त्री हुनुहुन्थ्यो केपी ओली । नेविसंघले नेपाल बन्द आह्वान गरेकेा
थियो । त्यसपछि उहाँ ८, १० पटक जेल पर्नुभयो । असोज १८, २०५९ पछि र्सूयबहादुर थापाको प्रधानमन्त्रित्वमा
उहाँसहित गुरुराज घिमिरेर र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो । त्यसपछि
उहाँको अधिकांश समय सडक आन्दोलनमा बित्यो ।
माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन ।
उहाँ पक्राउ पर्दै छुट्दै गर्नुभयो । लोकतान्त्रिक आन्दोलनमा उहाँको प्रखर
वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित भयो । हुँदा हुँदै उहाँ लोकतन्त्रकै
हिरो बन्न सफल हुनुभयो । अहिले उहाँ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवं
काठमाडौं क्षेत्र नं. ४ का पार्टी सभापति हुनुहुुन्छ । लोकतान्त्रिक आन्दोलनमा
निर्वाह गरेको भूमिकाको कदर गर्दै उहाँलाई पार्टीले भरखरै संविधानसभाको सदस्य
बनाएकेा छ । उहाँ भन्नुहुन्छ- यो मेरो मात्र प्रतिनिधित्व होइन, आन्दोलनमा तमाम युवाहरुले निर्वाह गरेको भूमिकाको कदर हो ।
लोकप्रिय युवा नेता गगन थापा अव नेविसुंघमा र्फकन
चाहनुहुन्न । किनभने नेविसंघ त उहाँले पहिल्यै छाडिसक्नुभएको छ । तरुण दलमा जाने
इच्छा पनि छैन । उहाँ पार्टी राजनीतिको जिम्मेवारी नै लिन चाहनुहुन्छ । राष्ट्रपति, प्रधानमन्त्री भन्दा पनि उहाँको प्राथमिकता पार्टी राजनीति हो । पार्टीमा रहेर
नै देश र जनतालाई दिशानिर्देश गर्न सकिने उहाँको विश्वास छ ।
कांग्रेसमा अव बुढो पुस्ताले नेतृत्व छाड्नुपर्ने
गगनको स्पष्ट मान्यता छ । उहाँ भन्नुहुन्छ- कांग्रेसप्रति उहाँहश्रको साँच्चै
स्नेह र प्रेम छ भने तत्काल नेतृत्व छाडेर सल्लाहकारको भूमिकामा रहनुपर्छ । भनेपछि
गिरिजाप्रसाद कोइरालाले पार्टी लगाम युवाहरुलाई सुम्पनुपर्ने भयो त ? गगनको भनाइ छ- हो, अव कोइरालाले मात्र होइन, पुरानो पुस्ताले नै छाडिदिनुपर्छ । यद्यपि शान्ति
प्रक्रियामा कोइरालाको भूमिका अझै बाँकी छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइरालाका धेरै
पक्ष गगनलाई मन पर्दैनन् रे । तर, पनि कांग्रेसभित्र उहाँले मन पराउने नेता पनि
कोइराला नै हुनुहुन्छ । त्यसपछि स्पष्ट राजनीतिक अडानका कारण नेता नरहरि आचार्य
पनि उहाँलाई मनपर्छ । पुरानो पुस्ताको कांग्रेसमा उहाँले सम्मान गर्ने बीपी
कोइरालालाई नै हो । माओवादी अध्यक्ष प्रचण्डसित उहाँले धेरैपटक भेट गर्नुभएको छ ।
सबैलाई सम्मानपूवक राख्न सक्ने प्रचण्डको गुण गगनलाई मनपर्छ । अद्भूत सैन्य सोच
भएका राजा पृथ्वीनारायण शाहलाई पनि गगनको उत्तिकै सम्मान छ । राजा ज्ञानेन्द्रलाई
भेट्दा गगनले के भन्नुहोला - जनादेश स्वीकार गदै सत्ता छाड ।
बौद्धिक व्यक्तित्व गगनलाई सामान्य नेपाली खाना मनपर्छ
। तर लगाउने शोख चाहिँ छ । जिन्स पाइन्ट उहाँलाई औधी मनपर्ने पहिरन हो । गगन
कहिलेकाहीँ रक्सी पिउनुहुन्छ । तर स्पेसल ब्रान्ड छैन रे । चुरोटका बारेमा चाहिँ
उहाँ बताउन चाहनुहुन्न । उहाँ मन्दिर जानुभएको छ । जनावरमा गगनलाई कुकुर मनपर्छ ।
केटीका आँख्ााले उहाँलाई चाँडै आकर्षित गर्दा रहेछन् ।
गगन थापाको निजी सम्पत्ति भनेकै एउटा मोटर साइकल हो
। पैसाभन्दा उहाँलाई नाम ठूलो लाग्छ । उहाँको विचारमा पैसा केही पनि होइन ।
अहिलेसम्मको नाममा साथीभाइको सहयोग देख्नुहुन्छ उहाँ । पछिल्लो समय उहाँले हेरेको
चलचित्र हो, कागबेनी । हिरोमा राजेश हमाल र हिरोइन सबै उहाँलाई मनपर्छन् । राजाको
शासनकालमा काठमाडौंमा पहिलो कोणसभाको व्यवस्थापन गरेकेा क्षण उहाँ बिर्सन
सक्नुहुन्न । आप\mनो सबैभन्दा नजिकको मान्छे हजुरआमा बितेको क्षणलाई उहाँ सबैभन्दा दुखद
मान्नुहुन्छ ।
यतिबेला गगनले कपाल खौरिनुभएको छ । हजुरआमा बितेपछि
उहाँले कपाल खौरिन थाल्नुभएको हो । उहाँ विवाह ६ बजे उठिसक्नुहुन्छ । त्यसपछि
नियमित रुपमा फिटनेसमा जानुुहन्छ । त्यसपछि साथीभाइसित भेटघाट चल्छ । राति १०, ११ बजेसम्म उहाँ सुतिसक्नुहुन्छ ।
Jul 10, 2013
Jul 8, 2013
Nestlé is building a new factory in Malaysia to meet growing domestic demand for its ready-to-drink beverages
Nestlé is building a new factory in Malaysia to meet growing domestic demand for its ready-to-drink beverages such as Nescafé, Milo, and Nestlé Low Fat Milk.
The company is investing 150 million Malaysian Ringgit (about CHF 47 million) in the new facilities in the city of Shah Alam, which will create 160 new jobs when fully operational in 2014.
Nestlé has seen significant growth in its ready-to-drink beverages in Malaysia over the past four years, where its Milo and Nescafé brands are the market leaders in the category.
“Wherever Nestlé operates in the world, we invest for the long-term,” said José Lopez, Nestlé Executive Vice President and Head of Operations, at a ceremony to mark the beginning of construction work on the factory.
“We have been present in Malaysia for more than 100 years and we have confidence in the strength of the Malaysian market.
“We are committed to supplying our consumers here with a range of tastier and healthier products to suit their needs and preferences.”
The new factory has a number of sustainable design features such as a rain water recovery system to reduce water use and ultra-high-temperature (UHT) processing with built-in heat recovery to reduce energy consumption.
The company is investing 150 million Malaysian Ringgit (about CHF 47 million) in the new facilities in the city of Shah Alam, which will create 160 new jobs when fully operational in 2014.
Nestlé has seen significant growth in its ready-to-drink beverages in Malaysia over the past four years, where its Milo and Nescafé brands are the market leaders in the category.
“Wherever Nestlé operates in the world, we invest for the long-term,” said José Lopez, Nestlé Executive Vice President and Head of Operations, at a ceremony to mark the beginning of construction work on the factory.
“We have been present in Malaysia for more than 100 years and we have confidence in the strength of the Malaysian market.
“We are committed to supplying our consumers here with a range of tastier and healthier products to suit their needs and preferences.”
The new factory has a number of sustainable design features such as a rain water recovery system to reduce water use and ultra-high-temperature (UHT) processing with built-in heat recovery to reduce energy consumption.
Subscribe to:
Posts (Atom)