Jan 12, 2016

Job Vacancies in Agriculture Development Bank

Read more... click here for more



सरकारी स्वामित्वको कृषि विकास बैंकले २ सय ९८ जना कर्मचारी मागेको छ । बै‌कले आइतबार एक सूचना प्रकाशित गर्दै सहायक, प्रथम श्रेणी तथा द्वितिय श्रेणीमा गरी एकचोटी २ सय ९८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी सिद्धान्त अनुसार उक्त संख्यामा कर्मचारी माग गरिएको बैंकले जनाएको छ ।

सूचनाअनुसार व्यवसाय सहायक, सहायक स्तरमा ४० जना माग गरिएको छ । यो श्रेणीमा दरखास्त दिन चाहनेले व्यवस्थापन संकायमा स्नातक वा मानविकी संकायमा अर्थशास्त्र मूल विषय लिई स्नातक उत्तीर्ण हुनुपर्ने छ । पाँचौं तहमा दरखास्त दिने कर्मचारीले काठमाडौंमा रहेको बैंकको मुख्य कार्यालयमा दरखास्त फारम बुझाउन सक्नेछन् ।

यसैगरी लेखापाल सहायक स्तर, द्वितीय श्रेणी, चौथो तहको लागि बैंकले दुईसय ५८ जना कर्मचरी माग गरेको छ। जसअनुसार विराटनगर, राजविराज तथा जनकपुर क्षेत्रीय कार्यालयले खटाएको कार्यालयमा काम गर्ने गरी ७३ जना माग गरेको छ ।

तह चारमै वीरगञ्ज, काठमाडौं, पोखरा तथा भैरहवा क्षेत्रीय कार्यालय अन्तर्गत खटाएको कार्यालमा काम गर्ने गरी १ सय १४ जना र दाङ, नेपालगञ्ज तथा धनगढी क्षेत्रीय कार्यालय अन्तर्गतका कार्यालयमा काम गर्ने गरि ७१ जना मागिएको छ।

तह चारमा दरखास्त दिन चाहनेले व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण वा मानविकी संकायमा अर्थशास्त्र प्रमुख विषय लिई १२ कक्षा उत्तीर्ण हुनुपर्ने छ । खुला महिला, आदिवासी/जनजाति मधेसी दलित अपाङ्ग र पिछडिएको क्षेत्रकाले सबैले दरखास्त दिन सक्नेछन् ।

यी पदमा दरखास्त दिनेले पनि परीक्षा दस्तुर ४ सय बुझाउनुपर्ने छ । एकभन्दा बढी समूहमा सम्मिलित हुन चाहनेले प्रत्येक समूहको लागि २ सय ५० थप दस्तुर बुझाउनु पर्नेछ ।

एसआरसिएसले सेयर बजारसम्वन्धी जानकारीका सामाग्रीमा छुट

सेयर बजारसम्वन्धी सर्वसाधारणलाई विभिन्न माध्यमबाट परामर्श दिँदै आएको सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले आफ्ना सामाग्रीहरुमा विशेष छुट योजना दिने भएको छ। 
 
संस्थाबाट प्रकाशित किताव, फिल्म तथा गितमा पाठक, दर्शक तथा श्रोताहरुलाई उच्च छुटको व्यवस्था गरिएको एसआरसिएसले जनाएको छ। पुस २९ गतेदेखि माघ १५ गतेसम्म संस्थाले प्रकाशित कितावमा २५ प्रतिशत देखि ६० प्रतिशत सम्म छुट प्रदान गर्ने संस्थाका प्रमुख रविन्द्र भट्टराईले जानकारी दिए।
 
यो छुट एसआरसिएसको कार्यालय पुतलिसडकमा मात्र पाइने छ। एसआरसिएसले सेयर, बैकिंग, बिमा र कमोडिटिज बजार सम्बन्धि किताव प्रकाशन गर्दै आएको छ। नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर बजारका जिज्ञासाहरु, बैंकिंग जिज्ञासाहरु, बिमा जिज्ञासाहरु, कमोडिटिज जिज्ञासाहरु, हाउ टु इन्भेष्ट इन स्टक मार्केट, सेयरको प्राविधिक विश्लेषण जस्ता किताब प्रकाशन गरेको छ।
 
एसआरसिएसले लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न सिकाउन तथा चेतना जगाउन सेयर दोहोरि र आशा नामक चलचित्र पनि ल्याएको छ।

Jan 6, 2016

चालिस लाख ठगेर विदेश भाग्न लागेका म्यानपावर एजेन्ट एयरपोर्टमै समातिए

कठमाडौं : विदेशमा आकर्षक जागिर लगाइदिने भन्दै ६ जना युवाबाट ३९ लाख रुपैयाँ ठगेर विदेश फरार हुन लागेका एक म्यानपावर व्यवसायीलाई प्रहरीले मंगलबार एयरपोर्टबाटै नियन्त्रणमा लिएको छ।
 
ठगीमा पक्राउ पर्नेमा पाटनको ग्वार्कोस्थित नेल्को इन्टरनेशनल म्यानपावर कम्पनीका प्रबन्धक विजयराज खड्का छन्।

विदेश भागी जान लागेका अभियुक्त खड्कालाई महानगरीय विमान स्थल सुरक्षा कार्यालयको सहयोगमा पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।
 
खड्‌काको स्थायी घर झापा शनिअर्जुन नगरपालीका–५ हो। ललितपुरमा व्यवसाय गर्दै आएका खड्काले काठमाडौं चन्द्रागिरिका सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाशकुमार पाख्रिन, कुमार श्रेष्ठसहित ६ जनाबाट प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले रकम ठगेको उजुरी प्रहरीकहाँ परेको छ।
 
खड्काले ती युवाहरुलाई सिंगापुरमा तालिममा पठाउने र तालिम सकिएपछि रोजगारीमा लगाई दिने भनी उक्त रमक गैरकानुनि तवरले असुलेको प्रहरीले जनाएको छ।