Jan 12, 2016

एसआरसिएसले सेयर बजारसम्वन्धी जानकारीका सामाग्रीमा छुट

सेयर बजारसम्वन्धी सर्वसाधारणलाई विभिन्न माध्यमबाट परामर्श दिँदै आएको सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले आफ्ना सामाग्रीहरुमा विशेष छुट योजना दिने भएको छ। 
 
संस्थाबाट प्रकाशित किताव, फिल्म तथा गितमा पाठक, दर्शक तथा श्रोताहरुलाई उच्च छुटको व्यवस्था गरिएको एसआरसिएसले जनाएको छ। पुस २९ गतेदेखि माघ १५ गतेसम्म संस्थाले प्रकाशित कितावमा २५ प्रतिशत देखि ६० प्रतिशत सम्म छुट प्रदान गर्ने संस्थाका प्रमुख रविन्द्र भट्टराईले जानकारी दिए।
 
यो छुट एसआरसिएसको कार्यालय पुतलिसडकमा मात्र पाइने छ। एसआरसिएसले सेयर, बैकिंग, बिमा र कमोडिटिज बजार सम्बन्धि किताव प्रकाशन गर्दै आएको छ। नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर बजारका जिज्ञासाहरु, बैंकिंग जिज्ञासाहरु, बिमा जिज्ञासाहरु, कमोडिटिज जिज्ञासाहरु, हाउ टु इन्भेष्ट इन स्टक मार्केट, सेयरको प्राविधिक विश्लेषण जस्ता किताब प्रकाशन गरेको छ।
 
एसआरसिएसले लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न सिकाउन तथा चेतना जगाउन सेयर दोहोरि र आशा नामक चलचित्र पनि ल्याएको छ।

No comments: