Read more... click here for more
सरकारी स्वामित्वको कृषि विकास बैंकले २ सय ९८ जना कर्मचारी मागेको छ । बैकले आइतबार एक सूचना प्रकाशित गर्दै सहायक, प्रथम श्रेणी तथा द्वितिय श्रेणीमा गरी एकचोटी २ सय ९८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी सिद्धान्त अनुसार उक्त संख्यामा कर्मचारी माग गरिएको बैंकले जनाएको छ ।
सूचनाअनुसार व्यवसाय सहायक, सहायक स्तरमा ४० जना माग गरिएको छ । यो श्रेणीमा दरखास्त दिन चाहनेले व्यवस्थापन संकायमा स्नातक वा मानविकी संकायमा अर्थशास्त्र मूल विषय लिई स्नातक उत्तीर्ण हुनुपर्ने छ । पाँचौं तहमा दरखास्त दिने कर्मचारीले काठमाडौंमा रहेको बैंकको मुख्य कार्यालयमा दरखास्त फारम बुझाउन सक्नेछन् ।
यसैगरी लेखापाल सहायक स्तर, द्वितीय श्रेणी, चौथो तहको लागि बैंकले दुईसय ५८ जना कर्मचरी माग गरेको छ। जसअनुसार विराटनगर, राजविराज तथा जनकपुर क्षेत्रीय कार्यालयले खटाएको कार्यालयमा काम गर्ने गरी ७३ जना माग गरेको छ ।
तह चारमै वीरगञ्ज, काठमाडौं, पोखरा तथा भैरहवा क्षेत्रीय कार्यालय अन्तर्गत खटाएको कार्यालमा काम गर्ने गरी १ सय १४ जना र दाङ, नेपालगञ्ज तथा धनगढी क्षेत्रीय कार्यालय अन्तर्गतका कार्यालयमा काम गर्ने गरि ७१ जना मागिएको छ।
तह चारमा दरखास्त दिन चाहनेले व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण वा मानविकी संकायमा अर्थशास्त्र प्रमुख विषय लिई १२ कक्षा उत्तीर्ण हुनुपर्ने छ । खुला महिला, आदिवासी/जनजाति मधेसी दलित अपाङ्ग र पिछडिएको क्षेत्रकाले सबैले दरखास्त दिन सक्नेछन् ।
यी पदमा दरखास्त दिनेले पनि परीक्षा दस्तुर ४ सय बुझाउनुपर्ने छ । एकभन्दा बढी समूहमा सम्मिलित हुन चाहनेले प्रत्येक समूहको लागि २ सय ५० थप दस्तुर बुझाउनु पर्नेछ ।

No comments:
Post a Comment