विनोद चौधरीका तीन सपना
चिनियाँ दुर्गम गाउँको त्यो बालक
चीनको दक्षिणपूर्वी दुर्गम गाउँ हाङझोउमा एउटा गरिब परिवार थियो । उनीहरू गीत गाउँदै, कथा सुनाउँदै आफ्नो जीविकोपार्जन गर्थे ।
त्यो परिवारमा सन् १९६४ अक्टोबर १५ तारिखमा एक बालकको जन्म भयो । गाउँको धुलोमैलोको साधारण वातावरणमा बालक हुर्किंदै थियो । तर, उसको स्वभाव उपद्रिया निस्कियो । घरबाट निस्कियो कि कति जनासँग मारमुङ्ग्री गरेर फर्किने हो थाहा छैन † सद्दे सर्टका सबै बटन लगाएर घरबाट पठाएको बच्चा जहिल्यै भुँडी देखाउँदै घर फर्किन्थ्यो । साथीहरूसँग जुद्धा कुनै दिन यस्तो रहेन, सर्टका बटन बाँकी रहून् †
त्यो बालकले हातमा इँटा समाएर साथीहरूलाई हान्न तम्तयार रहेका तस्बिर अहिले पनि इन्टरनेटमा असरल्ल छरिएका छन् । स्कुल तहको पढाइ जेनतेन सकेपछि उसले कलेजमा भर्ना पाउन दुईपटक प्रवेश परीक्षा दियो तर फेल भयो । तेस्रो प्रयासमा उसले कलेजमा भर्ना पायो । ग्य्राजुएट गरेपछि उसले जागिरका लागि आवेदन दिन थाल्यो ।
तीसौँपटक आवेदन दिँदा पनि उसलाई कुनै रोजगारदाताले पत्याएन ।
उसको गाउँनजिकैको सहरमा बहुराष्ट्रिय रेस्टुराँ चेन केएफसी खुल्ने भयो । कामका लागि आवेदन मागियो । ऊसहित २४ जनाले जागिरका लागि आवेदन गरे । २३ जनालाई केएफसीले जागिरमा लियो । तर, एकजना त्यही केटाले मात्र जागिर पाएन । उसका बाबुआमाले सोच्दै थिए होलान्, छोरो काम नलाग्ने भयो †
सन् १९७२ मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनले हाङझोउ भ्रमण गरे, जसका कारण त्यो क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो । बेरोजगार केटो बिहानै उठ्थ्यो र तिनै पर्यटककहाँ पुग्थ्यो । उसलाई अंग्रेजी सिक्ने लतले छोएको थियो । पछि उसले बल्ल अंग्रेजी शिक्षकको जागिर पायो । ऊ महिनाको १२ डलर तलब पाउँथ्यो । सन् १९९५ मा उसले अमेरिका भ्रमणमा जाने अवसर पायो । त्यही वेला मात्रै उसले कम्प्युटर देख्न र छुन पायो । उसले इन्टरनेटमा पहिलोपटक सर्च गरेको विषय थियो बियर । तर, इन्टरनेटमा एउटै पनि चाइनिज बियरको रिजल्ट फेला पार्न सकेन । उसलाई लाग्यो, चीनमा इन्टरनेट कम्पनीको जरुरी छ । तर, गर्ने के ? त्यसका लागि लगानी गर्ने पैसा छैन । उसले १७ जना साथीहरूलाई जम्मा गरेर अनलाइन मार्केटप्लेस स्थापना गर्ने विषयमा सहमति जुटायो ।
सन् २०१३ मा मसँगको भेटमा उसले विगतको कहानी सुनायो– उसले ती साथीहरूसँग प्रतिव्यक्ति पाँच हजार डलर संकलन गरेर कम्पनी स्थापना गरेको रहेछ ।
त्यो दुब्लो, उपद्रिया र कसैले एउटा जागिरका लागि नपत्याएको केटाको नाम हो, ज्याक मा । इ–कमर्सको बादशाह– अलिबाबा डट कमको मालिक । विश्वका अर्बपतिहरूको पहिलो सूचीको धनाढ्य । २५ अर्ब डलरको मालिक । आज चीनलाई विश्वमा गौरवान्वित गराउने उद्यमी ।
आज उनी चिनियाँ सेलेब्रिटी हुन् । उनलाई देख्न र सुन्न विश्वभरका मानिस लालायित छन् ।
अब म तपाईंहरूलाई सोध्न चाहन्छु– हामीमध्ये कतिजना ज्याक माको जस्तै खराब पृष्ठभूमिबाट गुज्रिएका छौँ ? मलाई लाग्छ, न म त्यो स्तरको निम्न पृष्ठभूमिबाट आएको हुँ, न त तपाईंहरू नै त्यो स्तरको निम्न पृष्ठभूमिबाट आउनुभएको छ । त्यसैले, यदि त्यत्रो हन्डर खाएका ज्याक माको एउटा सपनाले विश्व हल्लाइदिन सक्छ भने हामीले गर्न नसक्ने केही छैन । खालि हामीले सपना देख्नुपर्यो र त्यो सपनालाई पछ्याउन जान्नुपर्यो । यत्ति गर्न सक्यौँ भने हाम्रो सपना साकार नभई सुख छैन ।

युक्रेनी गाउँकै अर्को बालक
युक्रेनमा एउटा दुर्गम गाउँ छ, जो सधैँ हिउँले कठ्यांग्रिन्छ । त्यही गाउँको एउटा सामान्य परिवारमा जन्मिएको बालक हुन् जन कोउम । उनका बाबु स्थानीय ठेकेदारी गरेर गुजारा चलाउँथे । त्यो ठिहिर्याउने चिसो घरमा कोउमका लागि तातोपानीसम्मको व्यवस्था थिएन ।
पछि गएर कोउम परिवारलाई त्यही गाउँमा पनि बस्न सक्ने वातावरण भएन । राजनीतिक समस्याका कारण गाउँबाट विस्थापित हुनुपर्यो । त्यसपछि त्यो परिवार सरकारले उपलब्ध गराएको आवासमा गुजारा गर्न थाल्यो । जन कउमले जीविकोपार्जनका लागि केसम्म गरेनन् ? उनले ग्रोसरी सपको भुइँ पुछे र त्यही भुइँमा सुतेर रात कटाए ।
मागेका किताब पढेर उनले कम्प्युटर नेटवर्किङसम्बन्धी ज्ञान हासिल गरे । कम्प्युटर शिक्षा हासिल गरेपछि ‘याहू’मा काम पाए । र, केही समयपछि जागिर छाडे । पछि उनले फेसबुकमा जागिरका लागि आवेदन दिए । तर, रिजेक्ट भए ।
आइफोनको भर्खर सुरु भएको एप स्टोर देखेर उनलाई लाग्यो कि अबको भविष्य नयाँ एपको सिर्जनामा छ ।
उनले सपना देखे– यस्तो मोबाइल एपको निर्माण गरूँ ताकि सारा स्मार्टफोन प्रयोगकर्ता एक–आपसमा लाइभ कनेन्ट होऊन् । लाइभ च्याट गर्न सकून् । र, उनीहरूका डाटाहरू एक्सचेन्ज गर्न सकून् । उनले त्यो सपनालाई पछ्याइरहे, जबसम्म उनको सपना साकार भएन ।
सन् २००९ मा वाट्सएप सुरु भयो । दिन दुई गुणा रात चौगुणा वाट्सएपका प्रयोगकर्ता थपिँदै गए । आज यो एप प्रयोगकर्ताको संख्या एक अर्बभन्दा बढी छ । उनको यो एप यति लोकप्रिय भयो कि रातारात उनी अर्बौं डलरका मालिकमा रूपान्तरित भए ।
एउटा नयाँ सोच र त्यो सोचको कार्यान्वयनले युक्रेनी चिसो गाउँमा तातोपानीसम्म नपाउने कोउम रातारात बिलिनियर क्लबमा प्रवेश गरे ।
आज मेरो बिजनेसको मुख्य सहारा पनि यही एप बनिरहेको छ । म दुनियाँको जुनसुकै ठाउँमा किन नहोऊँ, मेरो मोबाइलमा रहेको यही एपबाट मेरो बिजनेस दुनियाँमा के भइरहेको छ भन्ने सबै जानकारी प्राप्त हुन्छ ।
पत्याउनुहुन्छ, हिजो कोउमलाई एउटा जागिरका लागि नपत्याउने फेसबुकले उनले निर्माण गरेको ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गर्यो । मार्क जुकरबर्गले ह्वाट्स एपलाई पनि आफ्नो बनाए ।
त्यसैले, हामी पनि आफ्नो सिर्जनाका लागि पागल नभई सुखै छैन । हाम्रो परिवार, हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र र हाम्रो राजनीतिले हामीलाई अवरोध गर्दैन । गाउँको सानो झुपडीमै बसेर पनि ठूलो सपना देख्न हामीलाई कसैले रोक्न सक्दैन । यदि त्यो स्तरबाट आएका कोउमले यो स्तरको सफलता हासिल गर्न सक्छन् भने हामी किन सक्दैनौँ ? त्यसैले, म फेरि भन्छु सपना देख्न नछाडौँ र सपनालाई पछ्याउन पनि नडराऔँ, जहिलेसम्म हाम्रो सपना पूरा हुँदैन ।

आफ्नो सपनाको कथा
काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो । ऊ आफूलाई काठमाडौंको रैथाने मान्थ्यो । नेवारी भाषा पनि फरर बोल्थ्यो । तर, केही मानिस उसलाई रैथानेको दर्जा दिन हिच्किचाउँथे ।
उसका हजुरबुबा पहिले कपडा बेच्दै हिँड्थे । पछि बाबुले न्युरोडमा एउटा कवल भाडा लिएर कपडा पसल चलाए । बाबुले नै त्यसलाई डिपार्टमेन्टल स्टोरमा रूपान्तरण गरे । बाबु चाहन्थे, छोरो त्यही स्टोरभित्र बसेर हिसाब–किताब दुरुस्त राखोस् । तर, छोरोको मन डिस्को, फेसन, स्टाइल र रमझममै अडेको थियो । उसले बुबाको डिपार्टमेन्ट स्टोर चलाउनुको साटो बरु डिस्को खोल्ने बाटो रोज्यो ।
तर, जब ऊ १८ वर्ष पुग्यो, उसको जीवन नै बदलियो । बाबुलाई ‘हर्ट एट्याक’ले कमजोर बनायो । उसले कम उमेर र विनाअनुभव पारिवारिक बिजनेसको जिम्मेवारी बोक्नुपर्यो । बाबु उमेरका व्यवसायीहरू एकाएक उनका प्रतिस्पर्धी बने । तर, उसले हार खाएन ।
अझ आफ्नो बिजनेसलाई नयाँ–नयाँ उचाइमा पुर्यायो ।
तपाईंहरूले थाहा पाइसक्नुभयो, त्यो केटा मै हुँ । आज हामीसँग पाँचै महाद्वीपमा फैलिएका १२२ कम्पनी र विश्वविख्यात ७६ ब्रान्ड छन् ।
अब म तपाईंहरूलाई आफू यहाँसम्म आइपुग्नुको कारण भन्न चाहन्छु, मेरा तीनवटा सपनाका कथाबाट ।

पहिलो
मैले नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम भएका वेला वाइवाइ सुरु गरेँ । नेपालमा नुडल्सको सुरुवात पोखराबाटै भएको हो । त्यो वेलाको बजार पनि म्यागीले ओगटेको थियो । त्यस्तो समयमा हामीले सुरु गरेको वाइवाइ आज नेपालको फुड कल्चर बनेको छ । यति मात्र होइन, विश्व नुडल्स बजारमै दुई प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको छ । विश्वका ३२ देशमा यसका उपभोक्ता छन् ।

दोस्रो
वि.सं. ०५० को दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो । लगानीकर्ताहरू नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै यहाँबाट कुलेलम ठोक्दै थिए । त्यही वेला मैले नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरको औद्योगिक ग्राम स्थापना गर्ने योजना बनाएँ । उद्यमी व्यवसायीहरू सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटेलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, म भने नवलपरासीमा ८० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको हुन्थेँ । माओवादी द्वन्द्व जति चर्किंदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिँदै थिए । आखिरमा हामीले दक्षिण एसियाको एउटा नमुना औद्योगिक ग्राम निर्माण गर्ने सपना पूरा गरेरै छाड्यौँ । त्यहाँ अहिले एउटै कम्पाउन्डभित्र व्यवस्थित रूपमा दर्जनभन्दा धेरै उद्योग दिनरात चलिरहेका छन् । अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाइट पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भइरहेको छ ।

तेस्रो
नेपालमा विदेशी लगानीकर्ता आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन ? यो कुराले मलाई लामो समय दिनरात पिछा गरिरह्यो । आखिर मैले निर्णय लिएरै छाडेँ, विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ । सपनाको कुनै सीमा हुँदैन । र, ज्ञान र सीपलाई पनि कसैले रोकेर रोक्न सक्दैन । तपाईंको दिमागमा सपना छ, त्यो सपना पछ्याउने लगन छ र हातमा सीप छ भने पुँजी ठूलो कुरा होइन । पँुंजी तपाईंलाई पछ्याउँदै आउनेछ । त्यस्तो वेला संसारको जुनसुकै ठाउँमा बिजनेस गर्नु सहज हुन्छ । यही सोचेर हामीले नेपालमा पनि लगानी विस्तार गरी नै रह्यौँ र विदेशका सम्भावनाहरूलाई पछ्याउन थाल्यौँ ।
०००
आज हाम्रो समूहले अमेरिकाको जोन अफ केनेडी इन्टरनेसनल एयरपोर्टको अगाडि सानदार र्याडिसन होटेल चलाइरहेको छ । ताज ग्रुपसँगको सहकार्यमा नेपाल, भारत, माल्दिभ्स, श्रीलंकालगायत मुलुकमा विश्वविख्यात होटेलहरूमा साझेदारी गरिरहेका छौँ । कुनै समय यस्तो थियो, म बम्बईको ताज होटेलबाहिर उभिएर त्यहाँ छिर्न हिच्किचाउँथेँ । ताजको ढोकाबाहिर उभिएका द्वारपालले कठालोमा समातेर बाहिर धपाइदेलान् कि भन्ने मलाई डर हुन्थ्यो । म बाहिरैबाट ताज होटेलको परिसरभित्र छिर्ने महँगा गाडी र त्यही गाडीमा आउने धनीहरूलाई हेरेर बस्थेँ । तर, आज त्यही ताज होटेलको स्विटमा बसेर म बाहिर हेर्छु । यति मात्र होइन, त्यही ताज होटेल, जहाँ छिर्न मलाई आँट आउँथेन, उसैसँग साझेदारी गरेको छु । हामीले होटेल रिसोर्टमा ‘सिजी होटल्स एन्ड रिसोर्ट’ नामक आफ्नै अन्तर्राष्ट्रिय ब्रान्ड पनि स्थापित गरिसकेका छौँ । यो एसियादेखि अफ्रिकासम्म विस्तार भइरहेको छ । होटेल एन्ड रिसोर्ट विस्तारका लागि आज हामीसँग मिसन २०२० तयार छ– सन् २०२० सम्म विश्वमा २०० होटेल स्थापना गर्ने मिसन तीव्र रफ्तारमा कार्यान्वयनमा छ ।
मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन । सपना देखेर मात्रै सम्भव भएको हो । जतिवेला मैले सपना देख्न सुरु गरेँ, त्यतिवेलाको मेरो वित्तीय हैसियत सामान्य थियो ।
०००
चीनका ज्याक मा, युक्रेनका जोन कोउम र नेपालको म, हामी तीनैजनाको व्यावसायिक जीवनमा एउटा समानता छ । हामी तीनैजना सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका हौँ । बिजनेस सुरु गर्दा हामीसँग सपनाबाहेक अरू
केही थिएन ।
त्यसैले म फेरि भन्छु– सपना देख्नुस् । र, सपनालाई पछ्याउनुस् । स्रोतको अभावमा तपाईंको सपना मर्नै सक्दैन । तपार्इंका नयाँ सोचमा लगानी गर्न विश्वभर ‘स्टार्टअप फन्डहरू’ सेवामा हाजिर छन् । आज चौधरी ग्रुपसँग जे छ, त्यो पैसा होइन, त्यही सपनाको प्रतिफल हो, आमउपभोक्ताको विश्वास हो ।
आज हाम्रो गु्रपलाई फोब्र्सले अर्बपतिको सूचीमा राखेको छ । हाम्रो कारोबारको आँकडा र व्यावसायिक योजना हेरेर फोब्र्सले हामीलाई सूचीमा राखेको हो । तर, म त्यसमा कारोबारको आँकडा मात्र देख्दिनँ, उपभोक्ताको माया र विश्वास नै बढी देख्छु । तपाईंहरूजस्तै आम उपभोक्ताको विश्वासले नै हामीलाई यहाँसम्म ल्याइपुर्याएको हो । वाइवाइ खाने नेपालको फुड कल्चरले नै हामीलाई यहाँसम्म ल्याइपुर्याएको हो ।
त्यसैले, मेरो फोब्र्स यात्रा प्रत्येक नेपालीको सफलताको कथा हो । प्रत्येक नेपाली, जसले वाइवाइ चाखेका छन्, र त्यसको स्वादलाई आफूसँगै संसारभर लिएर गएका छन् ।
तर, म यतिमै सन्तुष्ट छैन । म त्यतिवेला मात्र खुसी हुनेछु, जब फोब्र्स सूचीमा नेपालकै अरू व्यवसायीको नाम पनि देखिनेछ । तपाईंहरूमध्येकै कसैको नाउँ त्यसमा आउनेछ । र, यो असम्भव छैन । खालि तपाईंले सपना देख्नुपर्यो र सपनालाई पछ्याइरहने लगन हुनुपर्यो ।
जब हामी सपनाको कुरा गर्छौं, समस्याले हामीलाई सँगसँगै घेर्न आउँछ । अनि हामी समस्या समाधानका लागि सरकारसँग हारगुहार गर्छौं । म सजिलै भन्न सक्छु, तपाईं सरकारले समस्या समाधान गरिदेला र काम सुरु गरौँला भनेर बस्नुभयो भने समस्या समाधान हुन्जेल तपाईं बुढो भइसक्नुहुनेछ । तपाईंको सपना त्यसै मर्छ । अनि के समस्यालाई दोष दिएर वा सरकारतर्फ औँला देखाई आफ्नो अधोगतिको गीत गाएर बस्नुको कुनै तुक रहन्छ र ? मेरो विचारमा समस्या समाधान गर्ने पहिलो निकाय हामी आफैँ हौँ । हामी तीन करोड नेपालीमध्ये सरकारले कतिजनाको समस्या समाधान गरिदेओस् †
नेपालमा व्यवसाय सुरु गर्न साँच्चै गाह्रो छ । दोहोरो अर्थ लाग्ने ब्युरोक्रेसीको भाषा हामीले कमै मात्र बुझ्छौँ । जब तपाईं सही काम गर्दै हुनुहुन्छ सीधा ढंगले अगाडि बढ्नुस्, हात्ती लम्किएजस्तै । सही काम गर्दागर्दै पनि नियम, कानुनका तगारा तपार्इंका अगाडि तेर्सिन्छन् भने ती तगारा नाघ्न पनि तयार हुनुस् । मैले पनि नाघेको छु, यस्ता तगाराहरू ।
मैले सोचेँ, यदि म्यागी नेपाली बजारमा आउन हुन्छ भने वाइवाइ विश्व बजारमा जान किन सक्दैन ? हाम्रो नियम, कानुनले मलाई जवाफ दियो, काठमाडौंमा म्यागी किनेर खानु तिम्रो नियति हो । तर, तिम्रो वाइवाइ विश्वका उपभोक्तासमक्ष पुर्याउन पाउँदैनौ । यो उत्तर मलाई चित्त बुझेन । मैले दसौँपटक सोच्दा पनि मेरो दिमागले मलाई के निर्देशन दियो भने यदि म्यागी नेपाल आउन हुन्छ भने वाइवाइ पनि विश्व बजारमा पुग्न पाउनुपर्छ । आज वाइवाइ एसियादेखि अफ्रिकासम्म, मध्यपूर्वदेखि युरोपसम्म पुगेको छ । विश्वभर रहेका नेपालीले विदेशी भूमिमा आफ्नो देशको ब्रान्ड वाइवाइप्रति गर्व गरिरहेका छन् ।
अब त यो ‘हामी सबैको वाइवाइ’ बनिसकेको छ । म यो ब्रान्ड तयार गर्ने निमित्त मात्रै हुँ ।
तपाईंहरूलाई लाग्न सक्छ, ठूला कर्पोरेट चलाउन, प्रख्यात ब्रान्डहरूको व्यवस्थापन गर्न विदेशी अनुहार नै चाहिन्छ, हामी नेपालीले सक्दैनौँ । यो हीनताबोध तपाईंहरूको दिमागको कुनै कुनामा जमेर बसेको छ भने कृपया यसलाई अहिले नै निकालेर फालिदिनुस् । मैले भर्खरै भन्दै थिएँ, वाइवाइ आज पाँचै महादेशमा विस्तार भइरहेको छ, यसको नेतृत्व नेपाली नागरिकले गरिरहेका छन् ।
चितवनको मेघौली सराईदेखि न्युयोर्कको र्याडिसनसम्म, किगालीदेखि श्रीलंकाको ताज समुद्रसम्म, फिलिपिन्सदेखि मुम्बईसम्म फैलिएका ७९ वल्र्डक्लास होटेल एन्ड रिसोर्टहरू सञ्चालन गर्ने सिजी होटल्स एन्ड रिसोर्टको हेडक्वार्टर काठमाडौं हो भन्ने कुरा तपार्इंहरू कतिजनाले विश्वास गर्नुहुन्छ ? विश्वास गर्नुस्, नेपालले पनि वल्र्डक्लास कर्पोरेट जन्माएको छ । थप वल्र्डक्लास कर्पोरेट जन्माउन सक्छ । त्यसको नेतृत्व भोलि तपार्इंहरूले गरिरहेको हुनुहुनेछ । नेपाल अब सगरमाथा, बुद्ध र गोर्खाजहरूको देश मात्रै होइन, वल्र्डक्लास कर्पोरेटहरूको पनि देश हो भनेर चिनाउने जिम्मा तपाईं–हाम्रै हो ।
पुर्खाबाट नलेज हस्तान्तरण हुने दिन अब सकिए । छोराछोरी बिग्रिए भनेर बाबुआमाले जतिसुकै चिन्ता गरून्, गर्न दिनुस् । तपार्इंले आफ्नो सिर्जनशीलताको उपयोग गर्नुस् । हिजो बिग्रिए भनेर चिन्ता लिने बाबुआमाले तपाईंप्रति गर्व गर्नेछन् । बाबुआमाले जे भन्छन्, त्यही गर्छु भनेर बसेका भए मार्क जुकरबर्ग २३ वर्षको उमेरमा बिलियन डलर क्लबमा प्रवेश गर्ने थिएनन् । किनकि उनका बाबुबाजेले भर्चुअल दुनियाँमा सोसल मिडिया चलाएका थिएनन् । मैले पनि अरुण इम्पोरियममा कपडा च्यातिरहेको हुने थिएँ कि †
हाम्रा लागि आकाश असीमित छ उड्नका लागि । कहाँसम्म उड्ने हामी आफँैले तय गर्ने हो ।
गतिशील हुनुस् । प्रविधिमा प्राप्त उपलब्धि र उपभोक्ताको रुचिमा आएको परिवर्तनलाई नजिकबाट चियाइरहनुस् । नत्र तपाईंको बिजनेस कुनै पनि दिन नोकिया र ब्ल्याकबेरीको हालतमा पुग्न सक्छ । आजको नम्बर १ बिजनेस भोलि बिहान उठ्दा धराशयी बनेको पनि हुन सक्छ । किनभने टेक्नोलोजीको दुनियाँ जेटभन्दा तीब्र गतिमा दौडिरहेको छ ।
०००
नेपालमा अब धेरैभन्दा धेरै सामाजिक उद्यमी जन्माउनुपर्ने खाँचो छ । यसमा चौधरी फाउन्डेसनले लायन्स क्लब इन्टरनेसनलसँगको सहकार्यमा केही योजना अघि बढाएको छ । कसैसँग बिजनेसको राम्रो आइडिया छ तर बिजनेस सुरु गर्न पैसा छैन भने हामी त्यो आइडियामाथि लगानी गर्छौं । यसका लागि बिजनेस आइडिया नाफामुखी मात्र हुनु हुँदैन । त्यसले समाजमा केही योगदान पुर्याएकै हुनुपर्छ । जस्तो, हालसालै हामीले जुम्ला, दाङ, डडेल्धुरा, सल्यानलगायत पश्चिम नेपाल क्षेत्रमा बाल कुपोषण नियन्त्रण, अग्र्यानिक खेतीजस्ता सामाजिक उद्यम कार्यक्रम सुरु गरेका छौँ । यो बिजनेसको आइडिया भएका तर पुँजी नभएका युवाकै अग्रसरतामा सुरु भएको हो, जसमा हामीले सहयोगको हात मात्र बढाएका हौँ । यस सामाजिक उद्यमशीलताको अवधारणामा सहकार्य गर्ने लायन्स क्लब इन्टरनेसनललाई म यस अवसरमा धन्यवाद पनि दिन चाहन्छु ।
कुनै वेला म पनि लियो क्बलमा थिएँ । समाजसेवाको भाव मैले लियो क्लबमा हुँदा नै सिकेको हुँ । गतवर्ष वैशाख १२ गते जब नेपालले भूकम्पको ऐतिहासिक संकट व्यहोर्नुपर्यो, मैले त्यतिवेला सिकेको समाजसेवाको भावले मलाई निदाउन दिएन । त्यसैले भूकम्पका धक्कामा आफ्नो व्यक्तिगत सुरक्षाको सोचलाई त्याग्दै हामी भूकम्पपीडितलाई सेल्टरमा ल्याउने पहलमा जुट्यौँ । भूकम्पका इपिसेन्टरहरू पछ्याउँदै गोर्खादेखि सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत वितरणमा जुट्यौँ । उनीहरूका लागि तत्कालीन र मध्यकालीन व्यवस्थापनको खाँचो थियो । त्यही आवश्यकतालाई ध्यानमा राखेर चौधरी फाउन्डेसनमार्फत् १० हजार ट्रान्जिसनल होम र एक सय विद्यालय पुनर्निर्माणको अवधारणा कार्यान्वयनमा ल्यायौँ । मैले ०७२ सालमा सबैभन्दा बढी समय कुनै विषयका लागि दिएको छु भने भूकम्प प्रभावितहरूको सेवामा हो । जसको परिणाम आज करिब २५ सय ट्रान्जिसनल होम निर्माण भई कम्तीमा १२ हजार भूकम्पपीडितहरूले हावाहुरी र झरीमा टाउको लुकाउने ओत पाउनुभएको छ । साना बालबालिका भूकम्पले घर भत्काइदिएको मनोवैज्ञानिक त्रासबाट मुक्त भएर स्कुल जान पाएका छन् । भूकम्पले भत्काइदिएका ३५ वटा विद्यालयले नयाँ भवन पाएका छन्, जहाँ स–साना बालबालिकाले एबिसिडी पढिरहेको दृश्य देख्न पाउँदा म धेरैपटक भावुक भएको छु । म पूर्व मुख्यसचिव लीलामणि पौड्यालको शब्द तपाईंहरूसमक्ष सेयर गर्न चाहन्छु– ‘सरकारले एउटा पनि सेल्टर भूकम्पपीडितलाई दिन नसकिरहेको वेला चौधरी फाउन्डेसनले २५ सय ट्रान्जिसनल होम भूकम्पपीडितका लागि निर्माण गर्नु कुनै चानचुने उपलब्धि होइन ।’
(चौधरी ग्रुपका अध्यक्ष विनोदले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी १ नेपालको राष्ट्रिय महाधिवेशनमा यो अनुभूति व्यक्त गरेका हुन्)